शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २०:३४ |सिड्नीको समय: १८:३४ |काठमाडौंको समय: १४:१९

इलाम २ मा उपनिर्वाचन बैशाख १५ गते हुने

एएनजेड खबरफ्रेब्रवरी २५, २०२४

काठमाडौँ । निर्वाचन आयोगले इलाम २ को प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेको छ । आयोगको आइतबार बसेको बैठकले आगामी बैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

सरकारसँगको छलफलपछि निर्वाचनको मिति तोकिएको आयोगले जनाएको छ । यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।

यस्तै बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा पनि बैशाख १५ गते नै उपनिर्वाचन हुनेछ । त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सवारी दुर्घटनामा निधन भएको थियो । सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।

तपाइँको प्रतिक्रिया