शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २३:०० |सिड्नीको समय: २१:०० |काठमाडौंको समय: १६:४५

परराष्ट्रमन्त्री साउद दिल्लीमा हुने ‘रायसिना संवाद’मा सम्बोधन गर्ने

एएनजेड खबरफ्रेब्रवरी २१, २०२४

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन आज बुधबार नयाँदिल्ली प्रस्थान गर्दै गर्दैछन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन् । रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

तपाइँको प्रतिक्रिया