शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २२:४३ |सिड्नीको समय: २०:४३ |काठमाडौंको समय: १६:२८

जनसम्पर्क समिति बेलायतबाट ६ जना कांग्रेस महासमिति सदस्य

एएनजेड खबरफ्रेब्रवरी २०, २०२४

काठमाडौं । नेपाली जनसम्पर्क समिति वेलायतले ६ जनालाई नेपाली कांग्रेसको महासमिति सदस्य चयन गरेको छ ।

जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङले २६ जनवरी २०२३ मा वसेको समितिको बैठकबाट महासमिति सदस्य चयन गरेको उल्लेख गर्दै नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिलाई पत्राचार गरेका हुन् ।

महासमिति सदस्यहरुमा बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ, केश वहादुर गुरुङ रहेका छन् भने जनसम्पर्क समिति वेलायतका गुरुङ पदेन रहेका छन् ।

चयन भएका सबै गोदावारीमा जारी महासमिति बैठकमा उपस्थित भएका छन् । महासमिति बैठकमा सहभागी उनीहरुले जनसम्पर्क समितिका विविध मुद्दामा आवाज उठाउने बताएका छन् ।

तपाइँको प्रतिक्रिया