शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २२:५५ |सिड्नीको समय: २०:५५ |काठमाडौंको समय: १६:४०

अध्यागमन विभागका प्रमुख तामाङसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

एएनजेड खबरफ्रेब्रवरी १८, २०२४

काठमाडौं । अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा उनीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो।

यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ ।

तपाइँको प्रतिक्रिया