शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:१८ |सिड्नीको समय: ००:१८ |काठमाडौंको समय: २०:०३

नेपालमा ठुला पूर्वाधारमा युरोपेली संघले लगानी गर्ने

एएनजेड खबरफ्रेब्रवरी १६, २०२४

काठमाडौं । नेपालमा ठुला पूर्वाधार आयोजनामा युरोपेली सङ्घ (इयू) ले सहयोग क्षेत्र विस्तार गर्ने भएको छ । सहयोग जलवायु परिवर्तनको विश्वव्यापी समस्या र त्यसबाट नेपाललाई परेको असर कम गर्न नवीकरणीय ऊर्जाको क्षेत्रका केन्द्रित हुने भएको छ ।

त्यसक्रममा युरोपियन इन्भेस्टमेन्ट बैङ्क (इआइबी) ले पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी गृहकार्य भइरहेको नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले जानकारी दिइन । नेपाल र युरोपेली सङ्घबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले लगानीबारे तथ्यगत रूपमा अहिले सबै बताउन नमिल्ने पनि उल्लेख गरिन् ।

हालसम्म नेपालमा विश्व बैङ्क र एसियाली विकास बैङ्कजस्ता ठुला बैङ्कले लगानी गर्दै आएकोमा युरोपेली इन्भेस्टमेन्ट बैङ्क अर्को ठुलो लगानीकर्ताका रूपमा नेपाल भित्रिन लागेको हो ।

युरोपियन इन्भेस्टमेन्ट बैङ्क सङ्घका सदस्य मुलुकमा लगानीलाई बढी महत्व दिने गरेकोमा अब मित्रराष्ट्र मुलुकमा लगानीको अवसर प्रदान गर्ने उद्देश्य राख्दै नेपाल भित्रन लागेको हो । उक्त बैङ्कले ऋण लगानी, समावेशी लगानी, सहयोगमा आधारित लगानी र साझेदारीयुक्त लगानी अन्तर्गत विविध क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया