शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०१:५६ |सिड्नीको समय: २३:५६ |काठमाडौंको समय: १९:४१

नेविसंघ नोबेल कलेज इकाइ सभापतिमा विवश थापा सर्बसम्मत चयन

एएनजेड खबरफ्रेब्रवरी १५, २०२४

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नोबेल कलेज इकाई सभापतिमा विवश थापा चयन भएका छन्।

माघ २६ गते एक समारोहबिच थापाले सभापतिको जिम्मेवारी पाएका हुन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वराज्यमन्त्री दिलमान पाख्रीनको प्रमुख आथित्यता तथा चन्द्रप्रकास ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रमबाट थापा सभापतिमा छानिएका हुन् ।

ईन्जिनियर प्रविन जम्कटेल केन्द्रीय प्रतिनिधि रहेको कार्यक्रममा कलेजमा रहेका विभिन्न शैक्षिक मुद्दाहरुमामा आवाज उठाउने कुरालाई नबनिर्बाचित इकाई सभापती थापाले जोड दिए ।

उनले भने,‘बिद्यार्थीहरुको हरेक समस्या मेरो आफ्नै समस्या हुन् । तसर्थ विद्यार्थीका आवाज बुलन्द गर्न सडकदेखि सदनसम्म पुर्याउने छु। विद्यार्थीका मुख्य एजेन्डालाई अङालेर हिड्ने छु। कुनैपनि बिद्यार्थीलाई सर्वशुलभ शिक्षा पाउनबाट बन्चित हुनदिने छैन।’

तपाइँको प्रतिक्रिया