शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०१:५१ |सिड्नीको समय: २३:५१ |काठमाडौंको समय: १९:३६

राजा महाराजा र तिनका भरौटे गणतन्त्रका विरुद्ध उत्रिएका छन् : प्रचण्ड

एएनजेड खबरफ्रेब्रवरी १३, २०२४

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजा र तिनका भरौटेहरू गणतन्त्रविरुद्ध दुशाहसपूर्ण ढङ्गका गतिविधि गर्ने जमर्को गरिरहेका बताएका छन् । मङ्गलवारबाट काठमाडौँमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले हिजोका राजा महाराजा र तिनका भरौटे बाहिर गणतन्त्रका विरुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध दुशाहसपूर्ण ढङ्गका गतिविधि गर्ने जमर्को गर्दै गरेको बताए । त्यसै कारण पनि जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरू एउटै केन्द्रमा एकताबद्ध हुनुको विकल्प नरहेको उनले बताए।

उनले सच्चा कम्युनिस्टहरू एकताबद्ध हुन जति ढिलो हुन्छ त्यति नै धेरै अहिलेको राजनीति परिवर्तनमा घाटा हुने बताए । उनले आफूबाट भएका कमी, कमजोरीलाई आत्मालोचना र समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कम्युनिष्टहरुले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको नयाँ लहर सृष्टि गर्न सकिने जिकिर गरे । उनले क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्नेहरूको प्रतिवाद गर्न आवश्यक रहेको बताए । प्रचण्डले सामाजिक रूपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरूलाई अपमान गर्ने छुट कसैलाई नरहेको बताए ।

तपाइँको प्रतिक्रिया