शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०१:५२ |सिड्नीको समय: २३:५२ |काठमाडौंको समय: १९:३७

अष्ट्रेलियामा जारी सातौँ हिन्द महासागर सम्मेलनमा मन्त्री साउदले गरे सम्बोधन

एएनजेड खबरफ्रेब्रवरी १०, २०२४

काठमाडौं । अष्ट्रेलियाको पर्थमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गरेका छन् ।

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रुपमा सिमिति नभइ संसारको सभ्यताको केन्द्र रुपमा औंल्याए । उनले भू–राजनीतिक, भू–रणनीतिक र भू–आर्थिक महत्वका दृष्टिकोणले हेर्नुपर्ने बताए ।

सम्बोधनका क्रममा मन्त्री साउदले भने,‘यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैरपरम्परागत दुवैको सामना गर्नुपरेको छ । सुरक्षा चुनौतीहरू, समुद्री आतंकवाद, डकैती, लागूऔषध र हतियारको ओसारपसार, मानव बेचबिखन, गैरकानूनी आप्रवासन एवम नेभिगेसनको स्वतन्त्रतामा अवरोध गम्भीर रूपमा खडा गर्नु दुःखद छ ।’

हिन्द महासागर नेपालको वैदेशिक व्यापारका लागि एक हिस्सेदार र अन्तर्राष्ट्रिय बजारमा पुग्ने लाइफलाइन रुपमा रहेको मन्त्री साउदले उल्लेख गरे । नेपालको विकास आकांक्षा भारतमा निर्भर रहेको उल्लेख गर्दै उनले महासागरलाई हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा औंल्याउँदै सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए ।

नेपालले महासागरको महत्वलाई विश्वव्यापी जनहितका रूपमा मान्यता दिएको बताउँदै मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्र भन्दा जैविक विविधताको संरक्षणमा जोड दिए ।

‘स्थिर र दिगो हिन्द महासागरतर्फ’ विषयमा भएको सम्मेलनलाई उनले सम्बोधन गरेका हुन् । उनले मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

तपाइँको प्रतिक्रिया