शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०५:०२ |सिड्नीको समय: ०३:०२ |काठमाडौंको समय: २२:४७

नेपाल र स्वीट्जरल्याण्डबीच सातामा २८ वटा उडान

एएनजेड खबरफ्रेब्रवरी ९, २०२४

काठमाडौं । नेपाल र स्वीट्जरल्याण्डबीच सातामा २८ वटा उडान गर्ने पाउने गरी द्विपक्षिय हवाई सेवा सम्झौता भएको छ ।
दुई देशको सरकारबीच भएको यो सम्झौतासँगै नेपालबाट हिमालय र नेपाल वायुसेवा निगम (नेवानि) ले सीधा उडान गर्न पाउने भएका छन् भने उताको पनि दुईवटै कम्पनीका वायुसेवा नेपाल आउन पाउने छन् ।

दुई मुलुकबीच भएको यो हवाई सम्झौतापछि अब नेपाली वायुसेवाले चाहेकै बेला स्वीट्जरल्याण्डमा उडान गर्न पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

‘नेपालमा हुने उडानमा भने उपलब्ध भएसम्म सातामा १४ वटा उडानसम्म काठमाडौं विमानस्थलमा गर्ने र बाँकी १४ वटा उडान उपत्यका बाहिरका विमानस्थलबाट गर्नुपर्ने छ ।

यो सम्झौतापछि अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि स्वीट्जरल्याण्डले हवाई उडान गर्न सक्ने छ ।

मंगलबार पर्यटन मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौता गरेको हो । योसँगै नेपालले हवाई सेवा सम्झौता गरेको मुलुकको संख्या ४२ पुगेको छ ।

तपाइँको प्रतिक्रिया