शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०४:५१ |सिड्नीको समय: ०२:५१ |काठमाडौंको समय: २२:३६

एनआरएनए सहायक निर्देशक शर्माको ‘इमेल प्रकरण’बारे सचिब डा.रेग्मीको आपत्ति

एएनजेड खबरफ्रेब्रवरी ४, २०२४

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कार्यालय वालुवाटारमा कार्यरत सहायक निर्देशक बन्दना शर्माले प्रेसित गरेको एक इमेल प्रकरणपछि एनआरएनएभित्र असन्तुष्टी बढेको छ ।

शर्माले प्रमुख कार्यकारी निर्देशक(सिइओ) राजेन्द्र कुमार राउतमाथि गम्भीर आरोप लगाउँदै एनआरएनएका सम्पूर्ण पदाधिकारीहरुलाई लामो पत्र इमेलमार्फत प्रेसित गरेपछि विवाद बढेको थियो । तर शर्माले इमेलमा लेखेका कतिपय आरोपहरुबारे पदाधिकारीहरुले खण्डन गरेका छन् । एनआरएनए कोषको रकम हिनामिना गर्दै मंहगो रक्सी र अन्य विलासितामा खर्च गरेको आरोपसहित शर्माले लामो इमेल लेखेकी थिएन ।

तर एनआरएनएका केही पदाधिकारीले संघको शाख गिर्ने गरि आफ्नो व्यक्तिगत धारणा सार्वजनिक गरेको भन्दै सहायक निर्देशक शर्माको आलोचना गरेका छन् । शर्माले कर्मचारी नियमावली र श्रम ऐन विपरित संस्थालाई हानी हुने गरी गम्भीर सूचना चुहावट गरेको ठहर गरेको छ । विशेषरी डा.बद्री केसी नेतृत्वको समूहले शर्माको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।

सहायक निर्देशक शर्माले एनआरएनए भित्रको आर्थिक तथा पदीय दुरुपयोगलाई गम्भीर रुपमा उठाउँदै इमेल लेखेकी हुन् । उनले प्रमुख कार्यकारी निर्देशक राउतको मनमौजी, पदीय र आर्थिक दुरुपयोगको मुद्दालाई जोडदारका रुपमा उठाएकी छिन् ।

शर्माको इमेलबाट केसीले हालै चन्द्रागिरी हिल्स रिसर्टमा आफ्नो समूहको भेलामा गरिएको लाखौं खर्च सदर गर्न केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई दबाब दिइ रहेको बताएकी थिइन ।

एनआरएनएका सचिब डा.ज्ञानेन्द्र रेग्मीले सहायक निर्देशक शर्माको इमेलमा उल्लेख भएको आरोपबारेमा शंकाको रुपमा हेरेको जनाएका छन् । शर्माले चन्द्रागिरी कार्यक्रमबारे असन्तुष्टी भएको भए आफूहरुलाई जानकारी गराउनुपर्ने रेग्मीले उल्लेख गरेका छन् । शर्माको इमेल नियतबस आएको हुनसक्ने डा.रेग्मीले आशंका व्यक्त गर्दै घटनाको अनुसन्धान गरी कारवाही अघि बढाउन माग गरेका छन् ।

बन्दनाजीले पठाउनुभएको इमेलप्रती सन्स्थाको कार्यसमितीको जिम्मेवार पदमा रहेकोले मेरो ध्यानाकर्षण भएको छ ।

चन्द्रागिरिको कार्यक्रमलाई ब्यवस्थित बनाउनलाई यस कार्यक्रममा हामी भाग लिने सबै जनाले रिसोर्टको बस्ने खर्च भन्दा अलिकती बढी रकम एनआरएन को खातामा जम्मा गरेर त्यहाँ आउने खानपिनको खर्चलाई ब्यवस्थापन गरेको कुरा हामी सबैलाई बिदितै छ । यति हुँदाहुँदै पनि निर्वाचनमा हारेका समुहले सन्स्थाको रकम दुरुपयोग गरेर बस्ने खानेमा प्रयोग गरे भनेर सामाजिक सन्जालमा रोइलो गरिरहेका छन । त्यसमाथी भर्खरै बन्दनाजीले पठाउनु भएको इमेलको ब्योहोरा सामाजिक सन्जालमा देख्दा कसैलाई आगोमा घ्यु थपे जस्तो भएको छ भने सन्स्थाको बचेको साख अझ घटन मलजल भएको छ ।

बन्दनाजी जस्तो जिम्मेवारी पदमा रहेको कर्मचारीबाट यस्तो कार्य हुनु शोभनिय हुँदै होईन, संस्थामा बिकृती भए सम्बन्धित निकायमा उजुरु गर्दै कानुनी उपचार खोज्नुपर्थ्यो ।

उहाको इमेल मदिरामा केन्द्रीत भएको देखे । एनआरएन त के सरकारी या गैर सरकारी कुनैपनि कार्यक्रममा मदिरा नराख्ने भन्ने सन्सारमै कही छैन । त्यसको ब्यवस्थापन कसरी गरिन्छ भन्ने कुराले महत्व राख्छ । चन्द्रागिरिको कार्यक्रममा उपस्थितबाट नै रकम उठाएको र खर्च ब्यवस्थापन गरेकोले मलाई बिश्वास छ चन्द्रागिरीको कार्यक्रम घाटामा गएको छैन होला भन्नेमा ।

त्यत्रो कार्यक्रममा सँगै रहदा बन्दनाजीले कार्यक्रमको ब्यवस्थापनमा भएको उहाको असन्तुस्टी हामी कसैसँग राख्नुभएन र अहिले उहाले पठाएको इमेल पढ्दा नियतवस आएको हो कि भनेर शंका गर्ने ठाउँ छ । यस बिषयमा संस्थाको बिधान र नेपाल सरकारको नियम अनुसार अनुसन्धान र आवश्यक कार्वाही बढाउन अध्यक्ष ज्यु र महासचिव ज्युलाई अनुरोध गर्दछु । उहाले लगाएको आरोप गम्भिर भएकोले आरोप प्रमाणित नभए नेपाल सरकारको कानुन अनुसार सन्स्थाले उहामाथी कानुनी उपचार खोज्नुपर्ने हुन्छ, यदी प्रमाणित भए दोषी उपर कार्वाही हुनुपर्छ ।

एनआरएनएमा ‘मंहगो रक्सीको बिल’ तिर्न दिएको दबाबले हंगामा, कोषको व्यापक हिनामिना

तपाइँको प्रतिक्रिया