शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:२८ |सिड्नीको समय: ००:२८ |काठमाडौंको समय: २०:१३

पक्राउ परेको व्यापारी अरुण चौधरी चार दिन हिरासतमा

एएनजेड खबरफ्रेब्रवरी १, २०२४

काठमाडौँ । व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । सीआईबीले चौधरीलाई लाजिम्पाट क्षेत्रबाट र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको हो । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

उनीहरुलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका चौधरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई अनुमति दिएको हो ।

तपाइँको प्रतिक्रिया