शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:२९ |सिड्नीको समय: ००:२९ |काठमाडौंको समय: २०:१४

नेपाली विद्यार्थीको बार्षिक ३० अर्ब बढी रकम अष्ट्रेलियामा फ्रिज !

एएनजेड खबरफ्रेब्रवरी १, २०२४

काठमाडौं । नेपालीहरुको पहिलो रोजाइमा रहेको अष्ट्रेलिया जान एक जना विद्यार्थीलाई औसतमा १५ लाख रुपैंयाँ खर्च हुन्छ । सबै प्रक्रिया पुरा गर्दा सामान्य खालको कलेज पढ्न एक जनालाई लगभग ३० लाख रुपैंयाँ खर्च लाग्छ ।

तर सबैको भिसाा ग्यारेन्टी हुँदैन् । भिसा लाग्नुअघि लाखौं खर्च भइसकेको हुन्छ । भिसाा लाग्नुअघि नै शुल्क बुझाउनुपर्ने प्रावधानका कारण नेपाली विद्यार्थीको बार्षिक करिब ३० अर्ब बढी रकम अष्ट्रेलियामा फ्रिज हुने गरेको छ ।

आवेदकहरु धेरैको भिसा नलाग्ने भएका कारण फ्रिज हुने रकमको आकार बढ्ने गरेको हो । बार्षिक २० हजार विद्यार्थीको भिसा नलाग्ने हुँदा फ्रिज हुने रकमको आकार ठूलो हुने गरेको हो । गत आर्थिक बर्षमा अष्ट्रेलिया जानका लागि ३३ हजार ९ सय ९१ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट(एनओसी) लिएका थिए । तर १६ हजार मात्र गएका थिए ।

भिसा लाग्नुअघि तयारी कक्षा, प्रोसेस र भिसा शुल्कका नाममा नेपालमै ३ देखि ५ लाख रुपैंयाँ खर्च हुने गरेको छ । तर सबै खर्च बुझाए पनि सबैको भिसा लाग्दैन् । भिसाा नलागेको खण्डमा पैसा फिर्ता आउन लगभग एक बर्ष लाग्छ । कलेज फि, विमावापत बुझाएको रकम फिर्ता हुन समय लाग्ने गरेको छ । शैक्षिक परामर्शदाताहरु शुल्कमा बढीमा चार हजार डलरको क्याम्प लगाउनुपर्ने धारणा राख्दै आएका छन् । तर सरकार मौन देखिएको छ ।

तपाइँको प्रतिक्रिया