शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:३६ |सिड्नीको समय: ००:३६ |काठमाडौंको समय: २०:२१

मुस्ताङको शिन्तामणि होटल विश्वका उत्कृष्ट होटलहरुको सूचीमा

एएनजेड खबरजनवरी ३१, २०२४

काठमाडौं । नेशनल जियोग्राफीले सार्वजनिक गरेको विश्वका उत्कृष्ट होटलहरुको सूचीमा नेपालको शिन्तामणि पनि परेको छ ।

मुस्ताङको मार्फा ५ मा सञ्चालित यो होटल विश्वका उत्कृष्ट होटलहरुको सूचीमा २२ औँ नम्बरमा समेटिएको हो । नेशनल जियोग्राफीले एसियाबाट ुबेस्ट अफ दि वर्ल्डुमा सूचिकृत गर्दै शिन्तामणिलाई हिमाली तथा पौराणिक सभ्यताले भरिपूर्ण रहेको बताएको छ ।

यस होटलबाट देखिने दृश्य, यहाँको स्वाद र सहयोगी कर्मचारीहरुबारे खुलेरै तारिफ गरिएको छ । होटल नजिकैका कयौँ शताब्दीअघि बनेका गुम्बा र हिमशृंखलाले पर्यटकलाई लोभ्याउने नेशनल जियोग्राफीले उल्लेख गरेको छ ।

ढुंगा र काँचले नेपालीको परम्परागत शैलीमा निर्माण गरिएको र बाघको छालाजस्तो देखिने गलैँचा तथा प्रचीन वस्तुहरुले यस होटललाई स्तरीय बनाएको पनि जनाइएको छ । यती समूहअन्तर्गत शेर्पा हस्पिटालिटीको स्वामित्वमा रहेको शिन्तामणि कम्बोडियामा आधारित चर्चित ब्रान्ड पनि हो ।

तपाइँको प्रतिक्रिया