शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०५:४४ |सिड्नीको समय: ०३:४४ |काठमाडौंको समय: २३:२९

अस्ट्रेलियामा स्थापित होटल द मुग्लान भक्तपुरमा

एएनजेड खबरजनवरी २९, २०२४

भक्तपुर । अस्ट्रेलियामा स्थापित होटल द मुग्लान भक्तपुरमा पनि सञ्चालनमा आएको छ । यसअघि पोखरामा सन् २०१७ मा द मुग्लानको चेन होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएको थियो ।

सन् २००० मा अस्ट्रेलियामा सुरु भएको द मुग्लान होटल तथा रेस्टुरेन्टको चेन भक्तपुरमा तीन युवाले भित्र्याएका हुन् ।

भक्तपुरको सदरमुकाम जिल्ला प्रशासन कार्यालयसँगै सञ्चालनमा ल्याइएको द मुग्लानको फेब्रुअरी १ मा ग्रायण्ड ओपनिङ गर्ने तयारी गरिएको होटलका सञ्चालक एवं प्रवन्ध निर्देशक लामाले जानकारी दिए ।

राजमान थकाली नेतृत्वको नीलगिरि होल्डिङ्स र शरद श्रेष्ठसँगै भक्तपुरका विजय लामा र जुनिता श्रेष्ठले करिब सवा दुई करोड लगानीमा भक्तपुरमा द मुग्लान होटल तथा थकाली रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

नौ वटा ट्विन तथा किङ साइजका कोठा रहेको होटल तथा रेस्टुरेन्टले एकै समय २५० जनालाई सेवा दिने क्षमता राख्छ । ब्रेड एण्ड ब्रेक फास्टमा प्रतिकपल २ हजार ५०० देखि ३ हजार ५०० रुपैयाँ शुल्क राखिएको लामाले बताए ।

तपाइँको प्रतिक्रिया