शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०५:०७ |सिड्नीको समय: ०३:०७ |काठमाडौंको समय: २२:५२

नेपाली डाक्टर प्रेरणा श्रेष्ठलाई अमेरिकामा २९ करोड २५ लाखभन्दा बढी फण्ड

एएनजेड खबरजनवरी २९, २०२४

काठमाडौं । नेपाली मुलकी एक डाक्टरलाई अमेरिकामा ठूलो सफलता मिलेको छ । अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयको रेनइसेन्स स्कुल अफ मेडिसिनअन्तर्गत न्यूरोबायोलोजी तथा बिहेबियर विभागकी सहायक प्राध्यापक डा.प्रेरणा श्रेष्ठले २.२ मिलियन अमेरिकी डलर ग्राण्ट प्राप्त गरेकी छन् ।

उनले पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअडर (पीटीएसडी)को अनुसन्धानका लागि अमेरिकाको नेशनल इन्सटिच्युट अफ मेन्टल हेल्थबाट नेपाली रुपैयाँ २९ करोड २५ लाखभन्दा बढी फण्ड प्राप्त गरेकी हुन् ।

डा.श्रेष्ठले पीटीएसडी भएका व्यक्तिहरुले किन बारम्बार पीडादायी स्मृतिहरुको अनुभव गर्छन् भन्नेबारेको अनुसन्धानका लागि उक्त ग्राण्ट प्राप्त गरेकी हुन् । चार वर्षे उनको अध्ययनलाई आगामी सन् २०२७ अक्टोबर ३१ सम्म इन्सटिच्युटले फण्ड गर्नेछ ।

२०२१ देखि स्टोनी ब्रुक विश्वविद्यालयमा अध्यापनरत श्रेष्ठ विगत दुई दशकदेखि मस्तिष्क विज्ञानका क्षेत्रमा अनुसन्धानरत छिन् । यसअघि उनी न्यू योर्क विश्वविद्यालय तथा द रकेफेलर विश्विद्यालयमा पोस्टडक्टरेल अनुसन्धानकर्ता थिइन् भने उनले त्यहीँबाट लाइफ साइसेन्समा पीएचडी हासिल गरेकी हुन् ।

https://twitter.com/prerana123?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1385394363845517319%7Ctwgr%5Eea1181af65b0cd1fc02c4dc67747ad5dbf184f77%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.himalkhabar.com%2Fnews%2F123172

तपाइँको प्रतिक्रिया