शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०५:३१ |सिड्नीको समय: ०३:३१ |काठमाडौंको समय: २३:१६

अध्यागमनका कर्मचारीले देशैभरका सेवा अवरुद्ध पार्ने

एएनजेड खबरजनवरी २९, २०२४

काठमाडौं , निजामती कर्मचारीका ट्रेड युनियनहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाटै अध्यागमन अधिकारीहरू कुटिएको घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही गर्नुपर्ने माग राखेका छन् । घटनामा संलग्न प्रहरीलाई तीन दिनभित्र कारबाही नभएमा देशैभरका सेवा अवरुद्ध पार्ने कर्मचारी संगठनहरुको चेतावनी छ ।

वाक थ्रुमा प्रहरीको सुरक्षा जाँच नहुने भन्दै अध्यागमनका अधिकारीहरूले प्रश्न उठाएपछि प्रहरी र अध्यागमनका कर्मचारीबीच गत शुक्रबार दिउँसो हात हालाहाल भएको थियो ।

प्रहरीबाटै कर्मचारीहरू असुरक्षित हुन थालेको भन्दै ट्रेड युनियनहरूले आपत्ति जनाएको छ । उनीहरुले घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

‘घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापीरूपमा कार्यालयको सेवा बन्द गर्ने र आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने व्यहोरा जानकारी गराउँदछौं,’– ज्ञापनपत्रमा भनिएको छ ।

तपाइँको प्रतिक्रिया