शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०५:३८ |सिड्नीको समय: ०३:३८ |काठमाडौंको समय: २३:२३

दरबार हत्याकाण्डबारे पूर्वराजाको चित्त दुखाइ

एएनजेड खबरजनवरी २८, २०२४

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक जालझेल गरी दरबार हत्याकाण्डबारे भ्रम फैलाइएको बताएका छन् । शनिबार वीरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले दरबार हत्याकाण्डमा आफू र आफ्नो परिवारबारे नकारात्मक भ्रम फैलाइएको बताएका हुन् ।

तत्कालीन अप्ठेरो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले सात वर्ष राष्ट्र प्रमुखकोे हैसियतमा कर्तव्य निर्वाह गरेको बताए । आफू र आफ्नो परिवारमाथि विभिन्न भ्रम फैलाइनु न्यायपूर्ण मात्र नभएर दुर्भाग्यपूर्ण पनि रहेको बताए ।

‘आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ ।’

उनले भने, ‘जेठ,१९,२०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’

तपाइँको प्रतिक्रिया