शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०५:२८ |सिड्नीको समय: ०३:२८ |काठमाडौंको समय: २३:१३

अष्ट्रेलिया जाने विद्यार्थीको संख्या घट्यो, क्यानडा पहिलो रोजाइमा

एएनजेड खबरजनवरी २७, २०२४

काठमाडौं । पछिल्लो बर्ष अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको संख्या घटेको तथ्यांकले देखाएको छ । अष्ट्रेलिया भन्दा क्यानडा र अमेरिका नेपाली विद्यार्थीको रोजाइमा परेको छ ।

पछिल्लो ६ महिनामा अध्ययनका लागि अनुमति पत्र(एनओसी)लिनेको संख्या अमेरिकाको बढेको छ । अघिल्लो आर्थिक बर्षमा ३ हजार ९ सय ७० जनाले अमेरिका अध्ययनका लागि एनओसी लिएकामा यो बर्ष पछिल्लो ६ महिनामा ५ हजार ३ सय १४ जनाले पाएका छन् ।

त्यसमध्ये अमेरिकाका लागि मात्र ७ हजार ३०८ जनाले अमेरिका जान एनओसी माग गरेको शिक्षा मन्त्रालयको तथ्यांक छ । ६ महिनामा सबैभन्दा बढी क्यानाडा जानका लागि एनओसीको माग भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । क्यानडाका लागि १८ हजार ४४९ ले एनओसी माग गरेकामा १२ हजार ४९ ले एनओसी पाएका छन् ।

तर अघिल्लो बर्षको तुलनामा अष्ट्रेलिाय जानेको संख्या घटेको देखिन्छ । क्यानडापछि मात्र अष्ट्रेलिया जान एनओसी लिएको देखिन्छ । पछिल्लो ६ महिनामा ९ हजार ७७७ एनओसी लिएको मन्त्रालयको तथ्यांक छ । जबकि अघिल्लो बर्ष ३३ हजार ९९१ जनाले अष्ट्रेलियाका लागि एनओसी पाएका थिए ।

अष्ट्रेलियाको संघीय सरकारले आप्रवासी सम्बन्धी नयाँ नियम ल्याएपछि त्यसको असर परेको अनुमान गरिन्छ । अष्ट्रेलियाको संघीय सरकारले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको संख्या घटाएर अढाई लाख बनाउने लक्ष्य अनुरुप नयाँ आप्रवासी नीति अघि सारेपछि अष्ट्रेलिया जानेको संख्या घटेको हुनसक्ने शैक्षिक परामर्शदाताहरुको भनाइ छ ।

तपाइँको प्रतिक्रिया