अष्ट्रेलियन दूताबासको भित्तामा मैथिली कला
एएनजेड खबरजनवरी २६, २०२४
काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय दिवस अर्थात अष्ट्रेलिया नेशनल डे लाई मध्यनजर गर्दै नेपालस्थित अष्ट्रेलियन दूताबास कार्यालय प्रवेशद्धारको भित्तामा नेपाली कला झल्किने आकृति निर्माण गरिएको छ ।
काठमाडौंको बाँसबारीस्थित अष्ट्रेलियन दूताबास कार्यालय प्रवेशन गर्ने मुलद्धारको दाँयाबाँया वालमा कोरिएका चित्रहरु मैथिली संस्कृतिसँग सम्बन्धित छन् । नेपाली कला संस्कृति मनपराउने अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले दूताबासको आधिकारिक फेसबुक पेजमा पनि मैथिली कलाको चित्र समावेश गर्न लगाएकी छिन् ।
तपाइँको प्रतिक्रिया