शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०५:२१ |सिड्नीको समय: ०३:२१ |काठमाडौंको समय: २३:०६

सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित, गठबन्धनकै दुई सांसदले मत दिएनन्

एएनजेड खबरजनवरी २५, २०२४

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका सिटौलाले कुल ५२९२ मतभार पाए । उनका प्रतिस्पर्धी एमाले(राप्रपा गठबन्धनका उद्धव पौडेलले ४५६२ मतभार पाए ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् । तर सत्तारुढ गठबन्धनले सत्ता गठबन्धनले महिला सिट गुमाएको छ भने नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सिटौलालाई गठबन्धनकै दुई सांसदले मत दिएनन् ।

सिटौलाको मत क्रस भएको हो । महिलातर्फ एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी छिन् । उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरिन् ।

तपाइँको प्रतिक्रिया