आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०७:५२ |सिड्नीको समय: ०५:५२ |काठमाडौंको समय: ०१:३७

मन्त्री साउदले भेटे रुसी मन्त्री : के भयो कुराकानी ?

एएनजेड खबरजनवरी २०, २०२४

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गरेका हुन् ।

युगाण्डाको राजधानी कम्पालामा भइरहेको नामको शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गरी उक्त आग्रह गरे ।

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको पनि बताएका थिए ।

युक्रेनसँग भएको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि उनले आग्रह गरेका थिए । जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया