आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०८:२३ |सिड्नीको समय: ०६:२३ |काठमाडौंको समय: ०२:०८

अर्बपति विनोदका छोरा निर्वाण पहिलोपटक विश्व आर्थिक मञ्चमा

एएनजेड खबरजनवरी १९, २०२४

काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन् । नेपाली अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका जेठा छोरा निर्वाणले गएराति स्वीटजरल्याण्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलो पटक प्यानल डिस्कस गरेका हुन् ।

उनले सो संवादको क्रममा हिमालय क्षेत्रका पानी र बिजुली उत्पादनको विषयलाइ मुख्य जोड दिएका छन् । उद्योगपत्ति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिब दुई अर्ब मानिसलाई जीवन दिन सक्ने जानकारी गराएका छन् ।

‘विश्वभरी पानीको संकट बढीरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब २ अर्ब मानिसलाई पानी दिलाउन सकिन्छ,’ उनले सो फोरममा भने, ‘साथै, नेपालमा झन्डै एक लाख मेघावाट बिजुली उत्पादन गर्न सकिनेछ तर हामी अहिले २–३ हजार मेगावाट मात्रै उत्पादन गरिरहेका छौं, यसमा लगानी बढाउन सकिन्छ ।’

दक्षिण एसियाका देशहरूमा बिजुली बेच्न सकिनेदेखि त्यहाँ रहेको जनसंख्याको ठूलो हिस्सालाई मध्यनजर गरेर बजार विस्तार गर्न सकिने सम्भावनाका बारेमा पनि चौधरीले जोड गरेका छन् ।

तपाइँको प्रतिक्रिया