आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०९:३२ |सिड्नीको समय: ०७:३२ |काठमाडौंको समय: ०३:१७

अष्ट्रेलियन राजदूत र उपराष्ट्रपति यादवविच भेटवार्ता

एएनजेड खबरजनवरी १९, २०२४

काठमाडौं । अष्ट्रेलियाका महामहिम राजदूत फेलिसीटी जेन भोल्कले नेपाल–अष्ट्रेलियाबिच जनस्तरको सम्बन्धसँगै सरकारसँग बलियो र गहिरोसम्बन्ध रहेको बताएकी छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको शिष्टाचार भेटका क्रममा यस्तो धारणा राखेकी हुन् । त्यसक्रममा उनले अष्ट्रेलियामा ६० हजार नेपाली विद्यार्थीसहित एक लाख २० हजार नेपाली बसोबास गर्दै आएको जानकारी दिइन् ।

भेटघाटका क्रममा शुभकामना आदानप्रदानपछि दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहायता, प्रवासी नेपाली, पर्यटन लगायतका विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले दुई देशबीच सन् १९६० फेब्रुअरी १५ मा द्विपक्षीय सम्बन्ध स्थापना भएयता आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगका आधारमा कायम रहेको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा थप फराकिलो र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गरे ।

उनले विभिन्न क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा नेपाल र अष्ट्रेलियाबीचको घनिष्ठ सहयोग रहँदै आएको उल्लेख गरे । उनले भने, ‘दुवै देशले बहुपक्षीयताको संरक्षण र प्रवर्द्धन गर्न साझा हित राख्ने गर्दछ र न्यायपूर्ण, समानुपातिक, समावेशी र नियममा आधारित विश्व व्यवस्थालाई समर्थन पनि गर्दछन् ।’

‘नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरेपश्चात् नेपालमै फर्किएर नेपालको विकासमा टेवा पुर्याउनका लागि उनीहरुलाई उत्प्रेरित गर्ने प्रयासमा छु । नेपाल र अष्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यले ‘ड्युअल डिग्री’ कार्यक्रम सञ्चालन गर्दै नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या बढाउन सकिन्छ । यसका लागि हालै काठमाडौँ विश्वविद्यालय र क्राउन इन्स्टिच्युटबीच समझदारी भएको छ,’ भेल्कले भनिन् ।

ुअष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता (ओडिए)मा वृद्धि गरेकोमा खुसी व्यक्त गर्दै उपराष्ट्रपति यादवले सामुदायिक वन कार्यक्रम र नेपालमा वनको दिगो व्यवस्थापनमा अष्ट्रेलियाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

तपाइँको प्रतिक्रिया