आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १०:५५ |सिड्नीको समय: ०८:५५ |काठमाडौंको समय: ०४:४०

अष्ट्रेलियन मुलकी म्यारी र फ्रेडरिकबिच कसरी गाँसियो सम्बन्ध ?

एएनजेड खबरजनवरी १८, २०२४

एजेन्सी । डेनमार्कका युवराज फ्रेडरिक नयाँ राजा बनेका छन् । नयाँ महारानीका रुपमा म्यारी डोनाल्डसन आसिन भइसकेकी छन् । डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो ।

रानी तथा फ्रेडरिककी आमा मार्गेट द्वितीयले नयाँ वर्षको दिन गद्दी त्यागको घोषणा गरेकी थिइन् । फ्रेडरिकले राजगद्धी सम्हालेपछि राजारानीलाई हेर्न कोपनहेगनमा सर्वसाधारणको भीड लागेको थियो । क्रिस्टियनबर्ग दरबारको कौसीमा उभिएका राजारानीलाई सर्वसाधारणलाई सडकबाट नियालेका थिए ।

तर विशेषगरी नयाँ महारानीका रुपमा रहेकी म्यारीको यतिबेला विशेष चर्चा भइरहेको छ । उनी डेनिस राजकुमारसँग कसरी जोडिन पुगिन भन्ने विषयले प्राथमिकता पाइरहेको छ । नयाँ रानी म्यारीको कथाको सबैभन्दा रोचक पक्ष के हो भने उनी अष्ट्रेलियन युवती हुन् । जन्म चाहीं तस्मानियामा भएको हो । फ्रेडरिख र म्यारीबिच सन् २००० को सेप्टेम्बरमा पहिलोपटक सिड्नीको एक बारमा भेट भएको थियो ।

पहिलो भेटमै उनीहरू एकअर्कालाई देखेर मुस्कुराएका थिए र हात मिलाएका थिए । त्यसबेला म्यारीलाई भेट भएका ति युवक डेनमार्कका राजकुमार र हुनेवाला राजा बन्छन् भन्ने थाहा थिएन । खासमा फ्रेडरिख सिड्नी ओलम्पिकको क्रममा त्यहाँ पुगेका थिए । सोहीबेला पब बारमा उनले अष्ट्रेलियन साथीलाई निम्ता गरेका थिए । सो क्रममा साथीको बहिनीसँग म्यारी पनि सँगै गएकी थिइन । त्यही बारबाट फ्रेडरिख र म्यारीबिच सम्बन्ध विस्तार भएको थियो । सन् २००४ मा त उनीहरुले विवाह नै गरे ।

म्यारी आफूलाई अष्ट्रेलियन भन्न रुचाउँछिन । किनकी उनी तान्जानीयामा जन्मिए पनि अष्ट्रेलियामा हुर्किएकी महिला हुन् । प्रगतिशील सोच भएकी उनी जलवायु परिवर्तन, महिला तथा बालअधिकार र दीगो विकासको पक्षमा खुलेरै वकालत गर्दै आएकाले अष्ट्रेलियामा उनका प्रशस्त शुभेच्छुक छन् । चार सन्तानमध्येकी कान्छी म्यारीका पनि चार सन्तान छन् । पशु चिकित्सक बन्न चाहेकी म्यारी यतिबेला डेनिस महारानीका रुपमा विश्व चर्चित भइरहेकी छिन् । विशेषगरी अष्ट्रेलियनहरुले महारानी भएकोमा गर्व गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया