आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:१९ |सिड्नीको समय: ०९:१९ |काठमाडौंको समय: ०५:०४

नक्कली मदिरा बनाउने काइदा : चिनी र पानी मिलाएर पकाउने अनि अल्कोहल हाल्ने !

एएनजेड खबरजनवरी १८, २०२४

काठमाडौँ । काठमाडौँमा विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी मदिरा बिक्री–वितरण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नक्कली मदिरा बनाएर बिक्री–वितरण गर्ने समूहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

काठमाडौँ थलीस्थित एक घरमा छापा मारेर प्रहरीले विभिन्न ब्राण्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, विनोदकुमार कार्की, मोहन खड्का, गौरव तामाङ, मोहन खड्का, रोशन कार्की, महेश खत्री, मनिष खत्री र सुमन नगरकोटी रहेका छन् ।

पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए।

उनीहरूबाट खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्राण्डको मदिरा, मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्त शुल्कको स्टिकरहरू, लेबलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरुरूबरामद भएको घिमिरेले बताए।

उनीहरूले चिनी र पानी मिलाएर पकाउने र त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्री गर्ने खुलेको उनले बताए। त्यस्तै प्रहरीले बजार पठाउन तयारी अवस्थामा राखिएका विभिन्न ब्रान्डका मदिराहरूसमेत बरामद गरेको छ।

तपाइँको प्रतिक्रिया