आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १०:५३ |सिड्नीको समय: ०८:५३ |काठमाडौंको समय: ०४:३८

बुहारी भित्र्याउने तयारीमा शेरबहादुर देउवा

एएनजेड खबरजनवरी १७, २०२४

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माघ २१ गते बुहारी भित्र्याउने भएका छन् । देउवाका छोरा जयवीरसिंहले माघ २१ गते प्रेमिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका कांग्रेस निकट स्रोतले जनाएको छ ।

छोराको विहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए । बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि देउवाले धुम्बाराहीको भाडाको घर छोड्न लागेको बताईएको छ ।

बुढानीलकण्ठ निवासबाटै इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।

तपाइँको प्रतिक्रिया