आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १०:५३ |सिड्नीको समय: ०८:५३ |काठमाडौंको समय: ०४:३८

अष्ट्रेलियन मुलकी म्यारी डोनाल्डसन बनिन डेनमार्कको महारानी

एएनजेड खबरजनवरी १५, २०२४

एजेन्सी । अष्ट्रेलियन मुलकी म्यारी डोनाल्डसन डेनमार्कको महारानी बनेकी छन् । स्कटिस मातापिताबाट अष्ट्रेलियामा जन्मिएकी ५१ वर्षीया म्यारी डेनमार्कको महारानी बनेकी हुन् ।

नयाँ वर्ष सन् २०२४ को शुभकामना सन्देशबाटै डेनमार्ककी महारानी मारर्गेथ द्वितीयाले गद्दी त्यागको घोषणा गरेपछि जनवरी १४ बाट म्यारी नयाँ रानीको ताज पहिरिएकी हुन् । राज्यारोहणको ५२औं वार्षिक उत्सवको अवसरमा प्यारीले डेनमार्कको राजसंस्था सम्हालेकी हुन् ।

रानी मार्गरेथ द्वितीया राजा फ्रेडरिख चौथोकी जेठी छोरी थिइन् । पिताको मृत्युपछि सन् १९७२ जनवरी १४ मा उनी डेनमार्ककी महारानी भएकी थिइन । सन् १९६६ मा फ्रान्सेली कुटनीतिज्ञ हेनरी लाबोर्डे दा मोनपेजाटसँग विवाह भएको थियो । उनीहरुबाट दुई छोरामध्ये पहिलो सन्तानका रुपमा राजकुमार फ्रेडरिखको जन्म भएको थियो । फेडरिखसँग सन् २००४ मा म्यारीको विवाह भएको थियो ।

म्यारीको जन्म ५ फेब्रुअरी १९७२ मा अष्ट्रेलियाको होबार्टमा भएको थियो । उनी अष्ट्रेलियाको एउटा विज्ञापन एजेन्सीमा काम गर्थिन् ।

तपाइँको प्रतिक्रिया