आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:२५ |सिड्नीको समय: ०९:२५ |काठमाडौंको समय: ०५:१०

देश विदेशमा पृथ्वीनारायणको स्मरण गर्दै भब्य कार्यक्रम

एएनजेड खबरजनवरी १२, २०२४

काठमाडौं । शुक्रबार ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देश एवम विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रम गरि उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ ।

जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाबाट आएका बिसेका सन्ततिले पृथ्वीनारायण शाहकालीन समयकै जस्तो परम्परागत बाजा दमाहा, सहनई आदि बजाएर शाहप्रति नगरा अर्पण गरेर स्मरण गरे । इतिहासविद्हरुका अनुसार बिसे नगर्ची पृथ्वीनारायणको नेपाल एकीकरण अभियानका एक जना सारथी हुन् ।

त्यस्तै, विभिन्न राजनीतिक दलका नेताहरुले पनि यो दिवसलाई भब्य रुपमा मनाएका छन् । जयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गर्यो । चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी भए । त्यस्तै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि कार्यक्रमको आयोजना गरेको थियो ।

त्यस्तै, सिंहदरबार पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । सिंहदरबार मूल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्प गुच्छा अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरेका थिए ।

तपाइँको प्रतिक्रिया