आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:३७ |सिड्नीको समय: ०९:३७ |काठमाडौंको समय: ०५:२२

‘प्रतीक’ विमोचनमा साहित्यमय बन्यो अस्ट्रेलियाली राजदूतावास

एएनजेड खबरजनवरी १२, २०२४

काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोक तथा साहित्यकार युयुत्सु आरडी शर्माले ‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषांक ‘फायर एन्ड रेन’ (आगो र वर्षा) को शुक्रबार विमोचन गरेका छन् ।

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासमा आयोजित समारोहमा विमोचित विशेषांकमा अस्ट्रेलियाली कवि लेखकका कविता, कथा र निबन्ध, चित्रहरूका साथै राजदूत भोकसँग सम्पादक शर्माले लिएको लामो अन्तर्वार्ता समावेश गरिएको छ ।

नेपालबाट प्रकाशन भइरहेको साहित्यिक अङ्ग्रेजी पत्रिका ‘प्रतीक’, एसिया प्यासिफिक राइटर्स एन्ड ट्रान्सलेटर्स र रेड रुम पोयट्रीको सहकार्यमा प्रकाशित विशेषांक हो । जसका सम्पादकमा साहित्यकार शर्मा, स्याली ब्रिन र जेनिफर म्याकेन्जी छन् । विशेषांकमा प्राकृतिक र सहरी विश्वको सम्बन्धबारे चिन्ता र अनिश्चितता तथा हिंसा र कोमलतासम्बन्धी विषय अभिव्यक्त छन् ।

राजदूत भोकका दुई उपन्यास ‘लाइटनिङ’ (चट्याङ) र ‘डिजायर लाइन्स’ शीर्षकमा प्रकाशन पनि भइसकेका छन् । सो अवसरमा राजदूत तथा साहित्यकार भोकले जहाँ बसेका भए पनि मानिसको अनुभव विश्वव्यापी नै हुने बताउँदै ‘प्रतीक’ को अस्ट्रेलिया विशेषांक नेपाल र विश्वभरका लागि अस्ट्रेलियाली लेखकहरूलाई बुझ्ने पाउने एक उपहार हुने विश्वास व्यक्त गरे । युद्ध र जलवायु परिवर्तनको यस समयमा मानवता नै आवश्यक हुने पनि उनले बताए ।

साहित्यकार तथा ‘प्रतीक’ को विशेषांकका सम्पादक शर्माले राजदूत भोक वास्तविक रूपमा भाषा, साहित्य र संस्कृतिको पनि वास्तविक राजदूत भएको विचार राख्दै उनकै सहयोगमा आदिवासी जनता, जलवायु परिवर्तन, पुर्खाका स्मृति प्रस्तुत विशेषांक प्रकाशन गर्न सकिएको बताए ।

तपाइँको प्रतिक्रिया