आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:२३ |सिड्नीको समय: ०९:२३ |काठमाडौंको समय: ०५:०८

कलिलो उमेरमै फ्रासको प्रधानमन्त्री बनेका अत्ताल समलिङ्गी पुरुष

एएनजेड खबरजनवरी १०, २०२४

एजेन्सी । फ्रान्समा ३४ वर्षीय ग्याब्रियल अत्ताल प्रधानमन्त्री नियुक्त भएका छन्। उनी फ्रान्सका हालसम्मकै कान्छो प्रधानमन्त्री हुन्। उनी फ्रान्सको पहिलो घोषित समलिंगी प्रधानमन्त्री पनि हुन्।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले उनलाई सो पदमा नियुक्त गरेका हुन्। यसअघिकी प्रधानमन्त्री एलिजावेथ बोर्नले २० महिना पदमा रहेपछि राजीनामा दिएकी हुन्। उनी यसअघि शिक्षामन्त्री थिए। अब उनले जुन महिनामा हुने युरोपेली संसदको निर्वाचनको नेतृत्व गर्नुपर्ने छ।

अत्तालको उदय तीव्र गतिमा भइरहेको छ। १० वर्षअघि उनी स्वास्थ्य मन्त्रालयका सल्लाहकार मात्र थिए। २०१७ मा उनी सांसद बने। २९ वर्षको उमेरमा उनी सबैभन्दा कान्छो मन्त्री बने।

दश वर्षअघि उनी देशको स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका सल्लाहकार र सोसलिस्ट कार्यकर्ता थिए। माक्रोँको सन् २०१७ को चुनावका बेला अतल सांसद बनेका थिए। बहस गर्नमा सिपालु उनी त्यसबेलादेखि नै राष्ट्रपतिको आँखामा परेका थिए। सन् २०२० यता उनी सरकारी प्रवक्ताका रूपमा रहेकाले मतदातामाझ राम्रोसँग चिनिन थालेका थिए ।

तपाइँको प्रतिक्रिया