आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १७:२६ |सिड्नीको समय: १५:२६ |काठमाडौंको समय: ११:११

राष्ट्र एउटा दोधारमा उभिएको छ: देउवा

एएनजेड खबरडिसेम्बर २४, २०२३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिबार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरे । सभापति देउवाले अहिलेको बेला सबैले मिलेर र खासगरी काँग्रेसले नेतृत्वदायी भुमिकामा बसेर काम गर्न जरुरी रहेको बताए । उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशीतामा आधारित व्यवस्था भएको बताए ।

सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्नुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया