आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:२२ |सिड्नीको समय: २३:२२ |काठमाडौंको समय: १९:०७

एनआरएन क्षेत्रिय संयोजकमा दिनेश पोखरेल निर्विरोध निर्वाचित

एएनजेड खबरअक्टोबर १७, २०२३


गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको ओसीनिया क्षेत्रिय संयोजकमा दिनेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
एनआरएन अधिवेशनको काठमाडौंमा जारी निर्वाचन प्रकृया उम्मेदवारी दर्ता गर्ने हिजो राति अन्तिम समय रहेका क्षेत्रिय संयोजक पदमा पोखरेलको मात्र उम्मेदवारी परेकाले उहा निर्विरोध निर्वाचित हुनुभएको हो । तर यसको औपचारिक घोषणा भने हुन भने बाकी छ ।
त्यसैगरी ओसीनिया क्षेत्रिय उपसंयोजकमा अरूणकुमार ठाकुर, कोमलराज पाठक र गोकुल घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै क्षेत्रिय महिला संयोजकमा रेनुका लामा निर्विरोध निर्वाचित हुनुभएको छ ।

तपाइँको प्रतिक्रिया