शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०८ |सिड्नीको समय: ०८:०८ |काठमाडौंको समय: ०३:५३

एनआरएनए अध्यक्षमा आरके शर्माले दिए उम्मेदवारी -भन्छन् “आफूमा स्वच्छ भिजन भएकाले आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्छु”

एएनजेड खबरअक्टोबर ६, २०२३

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अध्यक्ष पदका लागी राजेन्द्र कुमार (आरके)शर्माले  अध्यक्ष पदका लागी उम्मेदवारी दिएका छन्। उनले कर्मभूमि कतारमा एक कार्यक्रमकाबिच अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

निवर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुन लागेको ११ औँ विश्व सम्मेलनमा आफुलाई अध्यक्षमा प्रतिनिधिहरूले चिन्ने दाबी गरेका छन् ।  शर्माले आफूमा स्वच्छ भिजन भएकाले आगामी महाधिवेशनबाट  आफू  नेतृत्वमा पुग्ने विश्वास समेत व्यक्त गरेका हुन्। 

माल्टाको एमसिदामा बुधवार साँझ आयोजित छलफल कार्यक्रममा उनले भने,’पैसा, प्रभावले चुनाव जित्छु भनेर कसैले पनि नसोचे हुन्छ, एनआरएनए पवित्र संस्था हो, संस्थालाई विवाद होइन एकताबद्ध बनाउन सच्चा भिजन लिएर चुनावी मैदानमा आएको छु, चुन्नु होला भन्ने अनुरोध छ,’।

एनआरएनएलाई सही दिशा र गति दिनको लागि सही भिजन बोकेर हिँडेको भन्दै यसपालि आफूलाई नेतृत्वमा पुर्‍याउन प्रतिनिधिले चुन्नेमा आफू ढुक्क रहेको समेत बताएका थिए । शर्माले नेपालीको सङ्ख्या धेरै भएका देशमा ६ महिनाभित्रै नेपाली दूतावास स्थापना गर्न सक्दो सहयोग गर्ने बताए । पोर्चुगल, माल्टा लगायतका देशमा ६ महिनासम्म नेपाली दूतावास खोल्न आफूले सक्दो पहल गर्ने उनको प्रतिबद्धता थियो। 

कार्यक्रममा एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्स ,नआरएनए युरोपका उप संयोजक चित्र सुवेदीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए माल्टाका प्रतिनिधि (डेलिगेट्स) तथा नेपाली समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया