आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:१६ |सिड्नीको समय: ०१:१६ |काठमाडौंको समय: २१:०१

काठमाडौंबाट बाग्लुङ्ग जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो

एएनजेड खबरअगस्ट २३, २०२३

काठमाडौंबाट बाग्लुङ्ग जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ।

धादिङ प्रहरीका अनुसार आज पृथ्वी राजमार्गअन्तर्गत धादिङको धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजेतिर नदीमा खसेको हो। घटनामा ८ जनाको ज्यान गएको बताए पनि यकिन भैसकेको छैन।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोरसहित सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।

तपाइँको प्रतिक्रिया