आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:२६ |सिड्नीको समय: ०१:२६ |काठमाडौंको समय: २१:११

देश र गणतन्त्रप्रति मेरो गम्भीर चिन्ता छ :राष्ट्रपति रामचन्द्र पौडेल

एएनजेड खबरअगस्ट २२, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलको आयोजनामा आज बिहान शीतल निवासमा सर्वदलीय बैठक बसेको छ। सो बैठकमा सबै राजनीतिक दलहरूलाई राखेर राष्ट्रपतिले देश र गणतन्त्रप्रति चिन्ता समेत व्यक्त गरेका छन्।

उनले यतिबेला कताकता संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको बताएका हुन्।

उक्त सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका सबै दलहरू सहभागी भएका थिए।

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रक्षामन्त्रीसमेत रहेका उपाध्यक्ष पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था मन्त्रीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र सन्तोष परियार, जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान र अनितादेवी साह, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, एकीकृत समाजवादीबाट मेटमणि चौधरी, जसपाबाट प्रमुख सचेतक प्रदीप यादवलगायत नेता सहभागी भएका थिए।

राष्ट्रपतिको आयोजनामा भएको सर्वदलिय बैठकमा एमाले सहभागी भएन। एमाले किन सहभागी नभएको भन्ने बारे आधिकारिक धारणा आएको छैन।

तपाइँको प्रतिक्रिया