आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:३३ |सिड्नीको समय: ०३:३३ |काठमाडौंको समय: २३:१८

सीआईबीलले पत्र लेखेपछि बरामद १०० किलो सुन जोख्न थालियो !

एएनजेड खबरअगस्ट १४, २०२३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व अनुसन्धान विभागले बरामद गरेको १०० किलो सुन जोख्ने प्रक्रिया सुरु भएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेपछि जोख्न थलिएको हो।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको थियो। हालसम्म बरामद सुन कति छ भन्ने यकिन छैन।

मोटर साइकलको ब्रेक सु मा रहेको सुन प्याकिङसहित जोख्दा १५५ किलो रहेको थियो भने त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन। करिब सय किलो सुन भएको अनुमान गरिएको छ।

तपाइँको प्रतिक्रिया