आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:४० |सिड्नीको समय: ०३:४० |काठमाडौंको समय: २३:२५

संसद अवरुद्द गर्नुको कारणबारे एमालेले आज पत्रकार सम्मेलन गर्दै !

एएनजेड खबरअगस्ट १३, २०२३

संसद अवरुद्द गर्नुको कारणबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलानमार्फत एमालेले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिकगर्न लागेको हो।

एमाले केन्द्रीय प्रचार विभागका अनुसार पत्रकार सम्मेलन केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे हुने छ।

पत्रकार सम्मेलनमार्फत सुन तस्करी प्रकरण, संसद्‌मा आफैंले गरिरहेको अवरोधलगायत समसामयिक विषयमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा राख्ने छन्।

सय किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गरिनुपर्ने माग राखी एमालेले हरेक संसद् बैठकमा अवरोध गरिरहेको छ। संसद बैठक नियमित संचालन हुन नसक्दा जनताका समस्यालाई संसदमा राख्न नपाएको भन्दै एमालेको चौतर्फी आलोचना हुँदै आएको छ।

तपाइँको प्रतिक्रिया