आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:३८ |सिड्नीको समय: ०३:३८ |काठमाडौंको समय: २३:२३

नक्कली डाक्टरको आरोपमा पक्राउ पर्ने ‘डाक्टर’को संख्या ८ पुग्यो !

एएनजेड खबरअगस्ट ११, २०२३

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एकपछि अर्को मेडिकल डाक्टरहरू पक्राउ गरिरहेको छ।

सो आरोपमा सीआईबीले काठमाडौंमा थप एकजनालाई पक्राउ गरेको हो। सीआईबीका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पछिल्लोपटक राजधानीस्थित सुमेरु सिटी हस्पिटलमा कार्यरत ‘डा.’ पुनम थापा चौधरीलाई पक्राउ गरिएको हो।

यो सँगै नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा ८ जना डाक्टर पक्राउ परिसकेका छन्।

यसअघि सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर बनेको आरोपमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा , मनित चौधरी, श्रद्धा शिल्पकार, रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरीलाई पक्राउ गरिसकेको छ।

तपाइँको प्रतिक्रिया