आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:३० |सिड्नीको समय: ०३:३० |काठमाडौंको समय: २३:१५

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिलाभिसेन्सोको गोलीहानी हत्या

एएनजेड खबरअगस्ट १०, २०२३

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिलाभिसेन्सोको गोलीहानी हत्या भएको छ। बुधबार राजधानी कुइटोमा चुनावी सभालाई सम्बोधन गरिरहँदा गोली प्रहार गरी उनको हत्या गरिएको हो।

चुनावी र्‍यालीपछिको सभामा भिलाभिन्सोले संगठित अपराध र सरकारी अधिकारीहरूबीचको सम्बन्धका बारेमा भाषण गरेका थिए।

सम्बोधनपश्चात् एक विद्यालय नजिकै आफ्ना युवा समर्थकहरूसँग कुराकानी गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो।

उनको टाउकोमा गोली लागेको भिलाभिसेन्सोको चुनावी प्रचारप्रसारको नेतृत्व गरिरहेका कार्लोस फिगोएरोले न्युयोर्क टाइम्सलाई बताएका छन्।

५९ वर्षीय भिलाभिसेन्सो पूर्वपत्रकार समेत हुन्। इक्वेडरमा यही अगस्ट २० मा हुन लागेको राष्ट्रपति चुनावमा भिलाभिसेन्सोसहित ८ जना उम्मेदवार छन्। तीमध्ये उनी संगठित अपराध र भ्रष्टाचारविरूद्ध खरो बोल्ने उम्मेदवार मानिन्छन।

राष्ट्रपतिका उम्मेदवार भिलाभिसेन्सोमाथि गोली प्रहार गर्ने संदिग्धलाई सुरक्षाकर्मीले गोली हानी नियन्त्रणमा लिएकोर ती संदिग्धको केहीबेरमै मृत्यु भएको बताइएको छ।

तपाइँको प्रतिक्रिया