आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:३४ |सिड्नीको समय: ०३:३४ |काठमाडौंको समय: २३:१९

राहुल गान्धी सांसदमा पुनर्बहाली,विपक्षीदलमा खुसीयाली !

एएनजेड खबरअगस्ट ९, २०२३

दुई बर्षको जेल सजाय सुनाइएका भारतको विपक्षी कांग्रेसआई दलका नेता राहुल गान्धी पुन: संसदमा फर्केका छन्। उनलाई चार महिनाअघि मानहानि मुद्दामा अदालतले दुई वर्ष जेल सजाय सुनाइएपछि उनको सांसद पद गुमेको थियो।

उनको सांसद पद पुनर्बहाली भएपछि संसद भवन फर्कने भएका हुन्। राहुलको स्वागतमा कंग्रेस नेताकार्यकर्ताले संसदबाहिर नाराबाजी गर्नुका साथै मिठाइ बाँडेका थिए।

संसदमा राहुलको फिर्तीमा अन्य विपक्षी दलहरुले पनि खुसी प्रकट गरेका छन्। उनी दक्षिण भारतको केरला राज्यका वायनाड क्षेत्रका सांसद हुन्।

२०१९ मा चुनावी सभाका क्रममा मोदी थर भएका मानिसहरु किन चोर हुन्छन् भनी उनले अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो।

गुजरातको एक अदालतले उनलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय तोकेको थियो।

तर, सर्वोच्चले शुक्रबार पर्याप्त आधार र कारणबिनै तल्लो अदालतले गान्धीलाई अधिकतम सजाय दिएको भन्दै त्यसलाई रोकिदिएको थियो।

तपाइँको प्रतिक्रिया