आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:४० |सिड्नीको समय: ०३:४० |काठमाडौंको समय: २३:२५

बालुवाटारमा तीनदलको बैठक जारी

एएनजेड खबरअगस्ट ८, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवरुद्ध संसद् बैठक सञ्चालन गर्न बोलाएको तीन दलको बैठक जारी रहेको छ। अहिले पनि प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक बसिरहेको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतक समेत सहभागी भएका छन्।

सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले हरेक प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ। यता सत्तापक्षले भने अनुसन्धानमा रहेको विषयलाई प्रभावित बनाउन एमालेले वार्गेनिङ्ग गरेको बताइरहेका छन्।

तपाइँको प्रतिक्रिया