सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२६ |सिड्नीको समय: ०५:२६ |काठमाडौंको समय: ०१:११

माओवादी पार्टी पार्टीजस्तो हुन सकेन : अध्यक्ष प्रचण्ड

एएनजेड खबरअगस्ट २, २०२३

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको बताएका छन्। आजदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ।ु उनले भने ।

प्रचण्डले पार्टी सदस्य संख्या पनि सार्वजनिक गरेका छन् उनका अनुसार माओवादी केन्द्रको पार्टी सदस्यता ७ लाख ५२ हजार ९५६ रहेको छ।

तपाइँको प्रतिक्रिया