कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिए !!
एएनजेड खबरअगस्ट १, २०२३
कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् ।
उनले उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा र प्रदेश प्रमुखको कार्यालयमा पठाएका हुन्।
माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्याउनका लागि आफ्नो तटस्थ भूमिका त्यागेका हुन् ।
उनले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
तपाइँको प्रतिक्रिया