सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२३ |सिड्नीको समय: ०५:२३ |काठमाडौंको समय: ०१:०८

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १३ महिना पछि भोली बस्दै

एएनजेड खबरअगस्ट १, २०२३

सरकारको नेतृत्वको गरिरहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि बाट बस्ने भएको छ। काठमाडौंको प्रज्ञा भवनमा हुने बैठकमा ७ सय ५८ जना केन्द्रीय र बैकल्पिक सदस्यहरू सहभागी हुने बताइएको छ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने भएका हुन्।

बैठक बुधबार बिहान ११ बजे सुरु हुनेछ।बैठकमा महासचिव देव गुरुङले बैठकका एजेन्डा प्रस्तुत गर्नेछन भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने बताइएको छ।

केन्द्रीय समिति बैठकका लागि सोमबार बसेको पदाधिकारी बैठक केही एजेन्डा तय गरिसकेको छ।

माओवादीको केन्द्रीय समिति बैठक १३ महिनापछि बस्न लागेको हो। यसअघि माओवादीले २०७९ असार १९ गतेदेखि केन्द्रीय समिति बैठक राखेको थियो।

तपाइँको प्रतिक्रिया