सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२० |सिड्नीको समय: ०५:२० |काठमाडौंको समय: ०१:०५

कोशीमा नयाँ सरकार गठनका लागि सभामुखलाई राजीनामा गराउदै गठबन्धन

एएनजेड खबरअगस्ट १, २०२३

कोशी प्रदेशमा सभामुखको राजीनामा गराएर नयाँ सरकारका लागि पुनः गठबन्धनले दाबी पेस गर्ने तयारी गरेको छ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज साँझ ५ बजे सकिने भएपछी सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर दावी पेस गर्न लागिएको हो।

यसअघि सभामुखसमेतको हस्ताक्षर प्रयोग गरी बहुमत पुर्‍याएर गठबन्धनले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाएको थियो। तर अदालतमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको नियुक्ति असंवैधानिक ठहर गरेपछि त्यहाँ पुनः नयाँ सरकार गठनको आह्वान भएको हो।

प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रकाका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएकाले बहुमत संख्या ४७ सांसद पुर्‍याउन गठबन्धनले सभामुखलाई राजीनामा दिन लगाएर सरकार गठनमा दावी पेस गर्ने भएको हो।

यसपटक पनि गठबन्धनले थापालाई नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने भएको छ।

तपाइँको प्रतिक्रिया