शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५९ |सिड्नीको समय: ०९:५९ |काठमाडौंको समय: ०५:४४

अष्ट्रेलिया एनआरएनए निर्वाचन – अध्यक्षमा अनिल पोख्रेल निर्वाचित !

एएनजेड खबरजुलाइ ३०, २०२३

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा युवा उमेद्वार अनिल पोख्रेल बिजयी भएका छन्। उनी ५ हजार २६६मत ल्याएर निर्वाचित भएका हुन्।

पोख्रेल आगामी दुई वर्षका लागि अध्यक्षमा विजयी बनेका हुन्। उनीसंगै एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका लागी डिला खरेल, देव गुरुङ प्रतिस्पर्धामा उत्रिएका थिए। पोख्रेलका निकटतम प्रतिस्पर्धी देव गुरुङले ३ हजार ३८० मत पाए भने अर्का अध्यक्षका उम्मेदवार डिला खरेलले ३ हजार ३४७ मत प्राप्त गरे। कसैलाई मत दिन्न भनेर तटस्थमा ६४० मत परेको थियो।

विजय पश्चात प्रतिक्रिया दिंदै पोख्रेलले विजयको यस उर्जालाई एकिकृति गर्दै समाज रुपान्तरणमा लाग्ने प्रतिबद्ता जनाएका छन्। अध्यक्षमा निर्वाचित पोख्रेलले यस अघि दुई पटक एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्ष पदमा रहेर काम गरिसकेका छन्।

एनआरएनए अष्ट्रेलियाको कार्यसमितिको महासचिवमा संन्तोष कुँवर, सचिवमा थिरबहादुर गुरुङ, कोषध्यक्षमा अर्जन गौतम, संयुक्त कोषाध्यक्षमा रोजी पन्त, नारि निकुञ्ज संयोजकमा संगिता भण्डारी चापागाईँ र युवा संयोजकमा सुमन बोहोरा निर्वाचित भएका छन् ।

आइसिसी सदस्यहरुमा डा. भरतराज पौडेल, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदनराज पोडेल, नारायण कुमार कटुवाल, रमेश अधिकारी, सुजन अधिकारी र टिकाराम टिका भुर्तेल विजयी भएका छन्।

तपाइँको प्रतिक्रिया