सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२३ |सिड्नीको समय: ०५:२३ |काठमाडौंको समय: ०१:०८

सय किलो सुन प्रकरण – ‘रेडी ट्रेड प्राली’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड बरामद

एएनजेड खबरजुलाइ २७, २०२३

 राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेमा रहेको रेडी ट्रेड प्रालीको गोदाममा छापा मारेको छ । सुन तस्करी प्रकरणमा हङकङबाट सुन मगाउने कम्पनी रेडी ट्रेड प्रालीको दाबी गरिएको सो गोदामबाट विभागले ठुलो मात्रामा ब्रेक प्याड बरामद गरेको हो।

उक्त गोदामबाट मोटरसाइकल र स्कुटरमा लाग्ने ५५ बाकस ब्रेक प्याड बरामद गरिएको विभागले जनाएको छ । पक्राउ परेकाहरूको बयान अनुसार पहिलेदेखि नै सुन तस्करले सो गोदाममा सुन ल्याएर निकाल्ने र ‘रि–प्याक’ गर्ने गरेका थिए ।

यस प्रकरणमा बुधवार नै सुन प्रकरणमा राजस्वले व्यापारी राकेश कुमार अडुकियाको घरमा छापा हानेको थियो । हुण्डि कारोबारमा समेत संलग्न अडुकियाको कमलपोखरी स्थित घरमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूले छापा मारेका हुन् ।

तपाइँको प्रतिक्रिया