सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२० |सिड्नीको समय: ०५:२० |काठमाडौंको समय: ०१:०५

कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा 

एएनजेड खबरजुलाइ २६, २०२३

सरकारमा सहभागी प्रमुख दल  नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सुन प्रकरण छानबिन गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्विन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न नसकेको भन्दै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘भरियालाई जेलभित्र हाल्ने, मुख्य नाइके नसमाउने?,’ उनले भने, ‘होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरूले राजीनामा दिनुपर्छ ।’

तपाइँको प्रतिक्रिया