सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:१८ |सिड्नीको समय: ०५:१८ |काठमाडौंको समय: ०१:०३

सुन काण्डमा गृहमन्त्रीले आफ्नो संलग्नता रहे, नरहेको प्रष्ट पार्नुपर्छ : एमाले अध्यक्ष ओली 

एएनजेड खबरजुलाइ २५, २०२३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आफ्नो संलग्नता रहे, नरहेको प्रष्ट पार्न चुनौती दिएका छन्। 

कम्बोडियाबाट गए राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफूले खाएर बियाँ अरूको गालामा टाँस्ने चेष्टा गृहमन्त्रीबाट भइरहेको आरोप लगाएका हुन्। 

उनले भने ,‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ विमानस्थलमा सेक्युरिटीको बन्दोबस्त गरेको छ कि छैन? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन? अनि किन क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ,? गृहमन्त्री अनि कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ मुखैको छेउमा लगेर टाँस्ने?,’।

गृहमन्त्रीले श्रेष्ठले ‘कोट’ र ‘टार’ अथवा कुनै पनि पार्टीको भए पनि दोषी कसैलाई नछाड्ने भनेर केही दिनअघि अभिव्यक्ति दिएका थिए। सोही भनाइलाई लिएर  ओली आक्रोशित भएका हुन्।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको यो अभिव्यक्ति अनैतिक र गैर जिम्मेवार भएको ओलीको आरोप छ। 

‘अत्यन्तै अनैतिक क्रियाकलाप हो। गृहमन्त्रीको क्रियाकलाप अत्यन्तै गैर जिम्मेवार हो। आफू गृहमन्त्री… यसको भए पनि उसको भए पनि.. यस्ता खालका गैर जिम्मेवार कुराहरू गरेर हिँड्ने? गृहमन्त्रीले बताउनुपर्‍यो, उहाँको संलग्नता छ छैन? यसमा ? सानोतिनो संलग्नतामा त यो काम भएको छैन होला? उहाँको चाहिँ संलग्नता छ कि छैन? छैन भने कसको संलग्नता छ? को छ यसमा? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टाँस्ने होइन!,’ ओलीले भने।

ओलीले गृहमन्त्रीलाई तरिका पुर्‍याएर बोल्न पनि आग्रह गरेका छन्। 

तपाइँको प्रतिक्रिया