सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२२ |सिड्नीको समय: ०५:२२ |काठमाडौंको समय: ०१:०७

ललिता निवास प्रकरण – आज थप दुई जना समातिए 

एएनजेड खबरजुलाइ २४, २०२३

ललिता निवास प्रकरणमा मुछिएका थप दुई जनालाई  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन्।

उनीहरू नक्कली मोही रहेको सिआइबी का एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट आज  दिउँसो पक्राउ गरिएको हो। 

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या  १९ पुगेको छ। 

यसअघि शुक्रवार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो। अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो। 

तपाइँको प्रतिक्रिया